महिला लिग फुटबल : एपीएफले वालिङलाई ६ गोलले हरायो

 फागुन १, २०७७ शनिबार १६:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले हराएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एपीएफको लागि सावित्रा भण्डारीले पाँच गोल गरिन् । अर्को एक गोल प्रीती राईले गरिन् । प्रतियोगितामा नौ खेल खेलेको एपीएफले सबै खेल जित्दै २७ अंक जोडेको छ । ९ खेलमा १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया