राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

 फागुन २, २०७७ आइतबार १२:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ ।

यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ ।

एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया