इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमको खेल बराबरी

 फागुन ३, २०७७ सोमबार ६:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ ।

म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । आइतबार भएकाे खेलको दोस्रो मिनेटमा नै वेष्ट ब्रुमका एम्बाए डाएग्नेले गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ मिनेटमा बल्ल म्यानचेस्टर युनाइटेडले बराबरी गर्न सक्यो । उसका ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।

खेल  बराबरी गरेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडले २४ खेलमा ४६ अंक जोडेको छ भने ऊ शीर्ष स्थानको म्यान्चेस्टर सिटी भन्दा ७ अंकले पछि रहेको छ । म्यानचेस्टर  सिटीको २३ खेलबाट ५३ अंक छ ।

यस्तै,  गएराति भएकै खेलमा उल्भ्सले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, आर्सनलले लिड्स युनाइटेडलाई ४ –२ गोल अन्तरले हराउँदा ब्राइटन र एस्टोन भिल्लाले भने गोलरहित बराबरी  खेलेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया