पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना

 फागुन ४, २०७७ मंगलबार ७:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ ।

गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ ।

मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उहाँले बताउनुभयो ।

पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तै, काठमाण्डौ उपत्यकाको मौसम आज दिउँसोपछि बद्ली हुने सम्भावना छ ।

तर, मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अर्यालले बताउनुभयो । आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा झरेको छ ।

आज अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव छ ।

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया