दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले अपराधजन्य घटना बढेकाे जानकारी गराउनुभएको हो ।
प्रहरीको तथ्याङ्कअनुसार दैनिक औसतमा एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको छ । जसमा आत्महत्याका २० र जबरजस्ती करणीका सात वटा मुद्दा हुने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्तव्य ज्यानसम्बन्धी एक सय ९३ वटा मुद्दा दर्ता भएका छन् । गएको वर्ष यही अवधिमा एक सय ९२ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म आठ सय २३ वटा मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा आठ सय नौ वटा मुद्दा दर्ता भएका थिए । सङ्गठित अपराधमा गएकाे वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ वटा मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दा गएकाे आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार तीन सय ६९ रहेकोमा अहिले बढेर एक हजार ६ सय १९ पुगेको छ ।
सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।