महिला लिग : चन्द्रपुर र चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै

 फागुन ४, २०७७ मंगलबार ७:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले  वालिङ नगरपालिकालाई १-० गाेल अन्तरले हरायो ।

राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट मात्रै एक अङ्क टाढा रहेको छ । एपीएफलाई पछ्याइरहेकाे आर्मीले अर्को खेल जितेमा एपीएफले अन्तिम दुई खेलमा एकमा जित निकालेमा च्याम्पियन बन्नेछ । यदि आर्मीले अर्को खेल बराबरी खेलेमा एपीएफ अहिलेको अवस्थामा नै च्याम्पियन बन्नेछ ।

१० खेलमा ३० अङ्क बनाएको एपीएफभन्दा आर्मीले पाँच अङ्कले पछाडि रहेको छ । अब आर्मीलाई यो प्रतियोगिताको उपाधि जित्नका लागि एपीएफले बाँकी दुवै खेल हार्नुपर्नेछ भने आर्मीले बाँकी दुवै खेल जित्नुपर्नेछ । भोलि एपीएफ र आर्मीको छुट्टाछुटै समूहसँग खेल रहेकाले लिगको उपाधिको छिनोफानो भोलि नै हुने सम्भावना छ । 

यसैबीच विभागीय क्लब एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने सम्भावना रहेकाे छ । लिग अन्तर्गत हिजो नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट लागेकाले खेल गुमाउने सम्भावना रहेको र एमआरआई गरेर हेरेपछि थाहा हुने बताएकी छन् ।

सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् । सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया