यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले बार्सिलोनालाई ४–१ ले हरायो, एमबाप्पेको ह्याट्रिक

 फागुन ५, २०७७ बुधबार ७:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई हराएको छ ।

युवा खेलाडी केलियन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सेली कल्ब पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलको २७ औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

पीएसजीका लागि पहिलो हाफको ३२ औं मिनेटमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफको ६५ औं र ८५ औं मिनेटमा थप दुई गोल गरी ह्याट्रिक गरेका हुन् । पीएसजीका मोइस किन ७० औं मिनेटमा एक गोल गरे ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया