राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

 फागुन ५, २०७७ बुधबार १०:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् ।

उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ ।

१० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि जित्नेछ ।  

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया