आईपीएलको अक्सन आज

 फागुन ६, २०७७ बिहिबार १२:४३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ ।

अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया