आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने क्रिस मरिस

 फागुन ६, २०७७ बिहीबार १६:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।

अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे । 

उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । 

याे संस्करणकाे अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरकाे नाम आएकाे थियाे तर उनलाई कुनै टिमले अनुबन्ध गरेन । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया