वालिङसँग ३–० ले हार्‍याे चन्द्रपुर

 फागुन ६, २०७७ बिहिबार १७:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ती–शून्य गोलले हराएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र र विदेशी खेलाडी मिथो रुथले एक/एक गोल गरे । जीतसँगै वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

राष्ट्रिय महिला लिग फुटबलको उपाधि भने एपीएफले जितिसकेको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया