आईपीएल अक्शनमा सन्दीप 'अनसाेल्ड' !

 फागुन ६, २०७७ बिहिबार १८:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।

चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।  

सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लिएका थिए । सन्दीप दिल्लीमा तीन वर्ष अनुबन्ध भए पनि गएकाे संस्करणमा भए एक खेलमा पनि माैका पाएका थिएनन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया