खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले ऐतिहासिक जित निकालेको छ ।
सन् १९९९ को सेप्टेम्बर पछि पहिलो पटक एभर्टनले लिभरपुललाई हराएको छ । त्यो पनि उसकै मैदानमा ।
गएराति भएको खेलमा लिभरपुललाई एभर्टनले २–० गोल अन्तरले पराजित गरेकाे हाे । एभर्टनका लागि खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरे भने ८३ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत् गोल गरे ।
लिभरपुलले जारी सिजनमा लगातार चौथो खेलमा पराजित व्यहोरेको छ । सन् २०१० पछि एभर्टनले ऐतिहासिक जित निकालेको हो भने सन् १९२३ पछि पहिलो पटक लिभरपुलले घरेलु मैदानमा चार खेल हारेको छ ।
जारी लिगमा लिभरपुल २५ खेलमा ४० अंकका साथ छैठौं स्थानमा छ भने २४ खेलमा ४० अंक जोडेको एभर्टन सातौं स्थानमा छ । यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै भएको अर्को खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै, साउथह्याम्पटन र चेल्सीले १–१ को बराबरी खेलेका छन् भने बर्नली र वेष्ट ब्रोमले गोलरहित बराबरी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।