प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै, म्यान्यु र लेस्टर सिटीको अङ्क समान

 फागुन १०, २०७७ सोमबार ८:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो ।

म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । आर्सनल भने लिगको दशौं स्थानमा रहेको छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ । 

यस्तै प्रिमियर लिग अन्तर्गत हिजाे भएकाे खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटी विजयी भएका छन् । 

म्यानचेस्टर युनाइटेडले न्यूक्यासललाई ३-१ गोल अन्तरले  पराजित गरेको हो भने लिसेस्टरले एस्टोन भिल्लालाई  २–१ गोल अन्तरले पराजित गर्यो । जितपछि म्यानचेस्टर युनाइटेड र लेस्टरको समान ४९ अंक भएको छ।

यस्तै गएराति नै भएको खेलमा वेष्टह्यमले टोटनह्यामलाई २ –१ गोल अन्तरले पराजित गरेको छ । लिगको चौथो स्थानमा रहेको वेष्टह्यामको ४५ अंक छ । एक खेल कम खेलेको टोटनह्याम ३६ अङ्सहित नवौं स्थानमा छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया