नेपाल सुपर लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि, 'अक्शन' मार्फत खेलाडी छानिने

 फागुन १०, २०७७ सोमबार १६:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – नेपाल सुपर लिग फुटबल प्रतियोगिता आउँदाे वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा लिग आउँदो वैशाख ११ गतेदेखि सुरु हुने भएको हो । 

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न टिमको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक टिममा विदेशी खेलाडीको पनि सहभागिता रहनेछ ।

प्रतियोगितामा १९ खेल हुने आयोजक नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । खेलाडीको छनोट अनुबन्ध अर्थात् 'अक्शन' मार्फत हुनेछ । हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नेछन् ।

प्रतियोगिता त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा वैशाख २५ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया