सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आजदेखि

 फागुन ११, २०७७ मंगलबार १२:१८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गएकाे वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

ललितपुरको सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः १५ बजे तथा दोस्रो खेल दिउँसो ३ः ३० बजे हुने एन्फाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया