ओलीको प्रश्न : ‘प्रधानमन्त्रीलाई गलहत्याएर हटाउने प्रक्रिया कुन ल...
फागुन १७, २०७७ सोमबार
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा कल्बले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई दुई–एकले हराएको हो ।
नयाँ बस्तीका सचु गुरुङ र अवय धिमालले एक/एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।
‘बी’ डिभिजन लिग फुटबल मङ्गलवारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण गएको चैत ५ गते लिग स्थगित भएको थियो ।