बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

 फागुन १२, २०७७ बुधबार ७:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । यस्तै, आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् । हिजो भएको खेलमा  नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लब विजयी भएका थिए ।

नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो भने खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले हराएको थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया