सहिद स्मारक 'बी' डिभिजन लिग : बाँसबारीले टुसाललाई हरायाे, कुमारीले भगवतीलाई हरायाे

 फागुन १२, २०७७ बुधबार २०:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बुधवार बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा बाँसबारीले टुसाललाई तीन–एक गोलले हरायो । बाँसबारीका लागि भीष्मराज घिमिरेले दुई र अनिल गुरुङले एक गोल गरे । टुसालका सुनिल धामीले एक गोल फर्काए ।

अर्को खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई चार–एक गोलले हराएको छ । कुमारीका लागि चारै गोल आशिष राईले गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया