च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

 फागुन १३, २०७७ बिहिबार ६:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएकाे छ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससले ६५ औं मिनेटमा गोल गरेका हुन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया