खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको दुई सय २० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर दुई सय १५ रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल साम्सले १४ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनरले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल ९७ रनमा आउट भए । त्यस्तै केन विलियमसनले ५३ र जेम्स नीशमले अविजित ४५ रन बनाए । अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए ।
यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।