इङ्गल्याण्डसँगकाे तेस्राे टेस्ट भारतले १० विकेटले जित्याे

 फागुन १३, २०७७ बिहिबार २०:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : बीसीसीआई, ट्विटर

काठमाण्डाै – इङ्गल्याण्डसँगकाे तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनाे लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्‍याे । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे ।

पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डकाे टेस्ट दोस्रो दिनमै सकिएको छ । 

यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, जोए रुट १९, बेन स्टोक २५ र डोम सिब्ली सात रनमा आउट भए । 

भारतका अक्षर पटेलले पाँच र रविचन्द्रन अश्विनले चार विकेट लिए । यसअघि इङ्गल्याण्डका कप्तान जोए रुट र स्पिनर ज्याक लिच चम्किएपछि भारत एक सय ४५ रनमा अलआउट भयो । जोए रुटले आठ रन दिएर पाँच विकेट लिए भने ज्याक लिचले चार विकेट लिए । 

याे जितसँगै भारत चार खेलकाे टेस्ट शृङ्खला दुई–एकले अघि भएकाे छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया