सहिद स्मारक 'बी' डिभिजन : मध्यपुरले टुसाललाई २–० ले हरायाे

 फागुन १४, २०७७ शुक्रबार १८:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रवार भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई दुई–शून्यले हराएको छ ।

एन्फा मैदान ललितपुरको सातदोबाटोमा भएको दोस्रो खेलमा टुसाललाई हराएको मध्यपुरले पहिलो जित निकालेको हो । मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछानेले एक/एक गोल गरे ।

जितसँगै मध्यपुरले सात खेलमा चार अङ्क जोडेको छ  । टुसाल आठ अङ्कका साथ सातौँ स्थानमा छ । 

शुक्रवार नै भएकाे पहिलाे खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई तीन–दुईले हराएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया