प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन, आजै ३१ पुलकाे एकैचाेटि शिलान्यास गर्नुहुने

 फागुन १६, २०७७ आइतबार १४:१५:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कमल गाउँपालिका २ काे कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ । 

सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाण्डाैले १६ करोड ६२ लाख ६४ हजार नाै सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलकाे अहिले निर्माण सम्पन्न भएको हो ।

झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आइतवार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया