सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र खुमलटार विजयी

 फागुन १६, २०७७ आइतबार १८:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत आइतवार भएका खेलमा ब्वाइज युनियन क्लब र खुमलटार युथ क्लव विजयी भएका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबलाई तीन–शून्य गोलले हरायो । उसका मिलन लिम्बुले ह्याट्रिक गरे । जितसँगै ब्वाइज युनियन आठ खेलमा १४ अङ्कसहित लिगको चौथो स्थानमा छ । नयाँ बस्ती ११ अङ्कसहित पाँचौँ स्थानमा छ । 

आइतवारकाे दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सीखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो । खुमलटारका लागि महेश राईले गोल गरे । आइतवारकाे जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अङ्क बराबरी गरेको छ । दुवै टोलीको समान १९ अङ्क छ भने झम्सीखेल ६ अङ्कसहित दशौँ स्थानमा रहेको छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया