सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

 फागुन १७, २०७७ सोमबार ७:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । 

जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । 

 मार्च १ तारिखदेखि तीन महिनासम्मकाे समयलाई प्रि-मनसुन मानिन्छ  । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । 

उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन्  । यस्तै, यो  सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । 

प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया