सहिद स्मारक 'बी' डिभिजन लिगमा आज दुई खेल हुँदै

 फागुन १७, २०७७ सोमबार ११:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ ।

पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र टुसाल क्लब खेल्ने छन् । खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

आरसीटी ७ खेलमा ९ अङ्क जोडेर छैठौं स्थानमा रहेको छ । टुसाल भने  ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, आजै दिउँसो साढे ३ बजे हुने खेलमा शीर्ष स्थानको सातदोबाटो र श्री भगवती क्लबसँग खेल्नेछ ।

७ खेलमा १९ अङ्क जोडेको सातदोबाटो तालिकाको शीर्ष स्थानमा छ । श्री भगवती ७ खेलमा ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया