सहिद स्मारक 'बी' डिभिजन लिगमा मध्यपुर र बाँसबारी विजयी

 फागुन १८, २०७७ मंगलबार १८:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मङ्गलवार भएका खेलमा मध्यपुर र बाँसबारी विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा मध्यपुर युथ एसोसिएशनले श्रीकुमारी क्लबलाई दुई–एकले हराएको हो । श्रीकुमारीका आशिष राईले खेलको ४० औँ मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । तर श्रीकुमारीले अग्रता जोगाउन सकेन । मध्यपुरका कैलाश लामिछाने खत्रीले खेलको ४५ औँ मिनेटमा र धीरज श्रेष्ठले ४८ औँ मिनेटमा गोल गरे ।

जितसँगै मध्यपुरले आठ खेलमा सात अङ्क जोडेको छ । मध्यपुर लिगको नवौँ स्थानमा छ । श्रीकुमारी आठ खेलमा सात अङ्कका साथ आठौँ स्थानमा छ ।

एन्फा मैदानमै भएको दोस्रो खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबलाई दुई–शून्यले हराएको छ । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गरे । जितसँगै बाँसबारी आठ खेलमा १८ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ । पुल्चोक दुई अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया