४० देखि ५९ वर्ष उमेर समूहकालाई भेरोसेल खोप लगाइँदै
चैत ३१, २०७७ मंगलबार
काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज झम्सिखेल युथ क्लब र श्री भगवती क्लब तथा आरसीटी र श्री कुमारी क्लब खेल्दै छन् ।
दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । झम्सिखेल र श्री भगवतीबीचको खेल दिउँसो सवा १२ बजे हुनेछ भने आरसीटी र श्री कुमारी क्लब दिउँसो साढे ३ बजे खेल्ने छन् । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ ।
श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ । यस्तै, आरसीटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।