सहिद स्मारक 'बी' डिभिजन : श्री भगवतीले झम्सिखेललाई हरायो, आरसीटी र श्री कुमारीले बराबरी खेले

 फागुन २०, २०७७ बिहिबार १९:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बिहीवार भएकाे पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेललाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेललाई तीन–दुईले हराएको हो ।

श्री भगवतीका आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक/एक गोल गरे । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक/एक गोल फर्काए । जितसँगै नाै खेलमा नाै अङ्क जोडेको श्री भगवती लिगको आठौँ स्थानमा उक्लिएको छ । झम्सिखेल नाै खेलमा ६ अङ्कसहित ११ औँ स्थानमा छ ।

यस्तै एन्फा मैदानमै बिहीवार भएको दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीकुमारी क्लबले बराबरी खेलेका छन् । आरसीटी र श्रीकुमारी क्लबले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

अजित गुरुङले गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए तर श्री कुमारीका युवराज राईले गोल गरेपछि खेल बराबरी भयो । बराबरीसँगै आरसीटीले नाै खेलमा १३ अङ्क जोडेको छ । आरसीटी लिगको पाँचौँ स्थानमा छ भने नाै खेलमा आठ अङ्क जोडेर श्री कुमारी नवाैँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया