अवरुद्ध भएको महाकाली राजमार्ग खुल्यो

 भदौ ३, २०७५ आइतबार १९:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – शनिबार बिहानदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्ड अन्तर्गत महाकाली नगरपालिका ७ काँकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानवाट राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग जेसीबी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आइतबार दिउँसोदेखि खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता हिक्मत बोहराले जानकारी दिनुभयो ।

राजमार्ग खुलेपछि जिल्ला भित्रने तथा बाहिरिने छोटो तथा लामो दूरीका सवारी साधनहरु सञ्चालनमा आएका छन् । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया