सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

 फागुन २१, २०७७ शुक्रबार ११:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।  

आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष विजेताले २ लाख रुपैयाँ पुरस्कार पाएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया