सहिद स्मारक 'बी' डिभिजन : सातदाेबाटाेले बाँसबारीलाई हरायाे, पुल्चाेक मध्यपुरसँग स्तब्ध

 फागुन २१, २०७७ शुक्रबार १८:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एसाेसिएशन विजयी भएका छन् । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवारकाे पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटोले बाँसबारी क्लबलाई चार–एकले हराएको हो । सातदोबाटोका अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक/एक गोल गरे । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गरे । बाँसबारीका निशान सुनारले एक गोल फर्काए ।

जितसँगै सातदोबाटोले नाै खेलमा २५ अङ्क जोडेको छ । बाँसबारीले नाै खेलमा १८ अङ्क जोडेको छ । 

यस्तै एन्फा मैदानमा भएको दोस्रो खेलमा मध्यपुर युथ एसाेसिएशनले पुल्चोक स्पोर्टस् क्लबलाई तीन–दुईले हराएको हो । मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठले दुई गोल गरे । मध्यपुरले एक गोल आत्मघाती उपहार पाएको थियो । पुल्चोकका किश्मत लिम्बु र शिरोब लो तामाङले एक/एक गोल फर्काए ।

जितसँगै नाै खेलमा १० अङ्क जोडेको मध्यपुर लिगको सातौँ स्थानमा उक्लिएको छ । पुल्चोक दुई अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया