खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौ मेयर कप क्रिकेट आजदेखि सुरु हुँदैछ ।
कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा आर्मी र एपीएफ तथा मूलपानी मैदानमा हुने खेलमा नेपाल पुलिस र वाग्मती प्रदेश खेल्दैछन् । पाँच टिमको सहभागिता रहेको मेयर कप २९ गतेसम्म चल्ने क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा मेयर ११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तान प्रिमियर लिग स्थगित भएपछि लामिछाने स्वदेश फर्किने भएका छन् । क्यानले प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर काठमाण्डौ मेयर-११ को टिम घोषणा गरिसकेको छ ।
काठमाण्डौ महानगरले क्यानसँग मिलेर आयोजना गरेको प्रतियोगितामा आयोजक टिमसहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।
प्रतियोगिता कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।