नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न

 फागुन २२, २०७७ शनिबार १५:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा शनिबार बिहान काठमाण्डाैमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । 

चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर दोस्रो र आदर्श सौला युवक माविकै प्रवीण तामाङ तेस्रो भएका छन् । छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने दोस्रो, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तेस्रो भएका छन् ।

यस्तै पत्रकारतर्फ महानगर डटकमका रमेश शाक्य प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डंगोल दोस्रो र देखापढी डटकमका निकेश खत्री तेस्रो भएका छन् । व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल दोस्रो र मणिकरत्न शाक्य तेस्रो भएका छन् ।

दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । 

पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया