इङ्गल्याण्डसँगको चौथो टेष्ट भारतले एक इनिङ्स र २५ रनले जित्यो

 फागुन २२, २०७७ शनिबार १६:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्याण्डसँगको चौथो तथा अन्तिम टेष्ट भारतले एक इनिङ्स र २५ रनले जितेको छ ।

पहिलो पारीमा एक सय ६० रनले पछि परेको इङ्गल्याण्ड दोस्रो पारीमा एक सय ३५ रनमा अलआउट भएसँगै भारत एक इनिङ्स र २५ रनले विजयी भयो । भारतका अक्षर पटेल र रविचन्द्रन आश्विनले पाँच/पाँच विकेट लिए ।

इङ्गल्याण्डको लागि ड्यान लरेन्सले सर्वाधिक ५० रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । आजको जितसँगै चार खेलको शृङ्खला भारतले ३–१ ले जितेको छ । जितसँगै भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पनि पुगेको छ । अब भारतले न्युजिल्याण्डसँग फाइनल खेल्नेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया