'बी' डिभिजन लिग : श्रीकुमारी र बाँसबारी विजयी

 फागुन २३, २०७७ आइतबार १९:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो । 

जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ । नयाँबस्तीको १० खेलमा १२ अङ्क छ । 

यस्तै एन्फा मैदानमा भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबलाई चार–शून्यले हराएको छ ।

जितसँगै बाँसबारीले १० खेलमा २१ अङ्क जोडेको छ । झम्सिखेलको १० खेलमा ६ अङ्क छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया