'बी' डिभिजन लिगमा मध्यपुर र पुल्चोक विजयी

 फागुन २४, २०७७ सोमबार १९:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत साेमवारका खेलमा मध्यपुर युथ एसोसिएशन र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् ।

साेमवारकाे पहिलो खेलमा मध्यपुरले सातदोबाटोलाई दुई–एक गोलले हरायो । साेमवारकाे हारसँगै  सातदोबाटो युथ क्लबको अपराजित यात्रा रोकिएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मध्यपुरलाई जिताउन कैलाश लामिछाने र सन्नी लामाले गोल गरे । सातदोबाटोका लागि माल्डिनाले सान्त्वना गोल फर्काए ।

याे खेल हारे पनि सातदोबाटो २५ अङ्कका साथ शीर्ष स्थानमा छ भने मध्यपुर १३ अङ्कका साथ छैटाैँ स्थानमा छ ।

दोस्रो खेलमा रानीपोखरी कर्नर टिम आरसीटीलाई पुल्चोक स्पोर्ट्स क्लबले दुई–एक गोलले हराएको छ । पुल्चोकका लागि अर्जुनकुमार राना र किस्मत लिम्बुले गोल गरे । प्रतियोगितामा पुल्चोकको यो पहिलो जित हो ।

याे खेल जिते पनि पुल्चोक पाँच अङ्कका साथ पुछारमा छ । आरसीटी १३ अङ्कसहित पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया