मेयर कपअन्तर्गत आज दुई खेल हुँदै

 फागुन २५, २०७७ मंगलबार ८:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे एपीएफ क्लब र वाग्मती प्रदेशबीचको खेल हुँदैछ । यस्तै बिहान पौने ९ बजे नै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ ।

हिजो भएको खेलमा त्रिभुवन आर्मीले मेयर-११ लाई ५ विकेटले हराएको थियो ।

काठमाण्डौ ११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर पाँच बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टाएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया