'बी' डिभिजन लिग : श्रीभगवती र श्रीकुमारी विजयी

 फागुन २५, २०७७ मंगलबार १८:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियाेगितामा मङ्गलवार भएका खेलमा श्रीभगवती र श्रीकुमारीले जितेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीभगवती क्लबले ब्वाइज युनियनलाई दुई–एकले हराएको हो । श्रीभगवतीका नवराज गुरुङ र प्रज्ज्वल थापा मगरले एक/एक गोल गरे । ब्वाइज युनियनका टङ्कबहादुर स्याङ्तानले एक गोल फर्काए । 

याे खेल जितेकाे भगवती ११ खेलमा १५ अङ्क जाेड्दै तालिकाकाे पाँचौँ स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अङ्क जोडेकाे ब्याइज युनियन चौथो स्थानमा छ ।

यस्तै एन्फा मैदानमै भएको दोस्रो खेलमा श्रीकुमारी क्लबले टुसाल युथ क्लबलाई चार–शून्यले हराएको छ । श्रीकुमारीका आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक/एक गोल गरे ।

११ खेलमा १४ अङ्क जोडेको श्रीकुमारी छैटाैँ स्थानमा छ भने नाै अङ्क जाेडेकाे टुसाल दशाैँ स्थानमा छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया