नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
काठमाडौं – कालीमाटी तरकारी बजार अनुगमन गर्न सरकारी टोली गएपछि व्यापारीले अवरोध गरेका छन् । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई व्यापारीले छेकेर नाराजुलुस गरिरहेका छन् ।
व्यापारीले बिहान अनुगमनमा गएको टोलीलाई गेटभित्र राखेर ब्यापारीले नाराजुलुस गरेका हुन् । अनुगमन टोलीले कागजात विना बजार भित्रिएका केही गाडीलाई नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गरेका हुन् ।
काठमाडौँको मुख्य थोक बजार कालिमाटीमा समेत उपभोक्ताले महंगोमा तरकारी खरिद गर्नु परेको गुनासो बढेपछि सरकारी टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो ।
तर ब्यापारीको अवरोधका कराण अनुगमन प्रभावित भएको छ । तरकारी बारीबाट उपभोक्ताको भान्सासम्म पुग्दा तरकारी ८ गुणासम्म महंगो पर्ने गरेको छ । त्यस्तै तरकारी स्वथकर पनि नहुने भन्दै उपभोक्ता अधिकारकर्मीले आवाज उठाउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।