विदेश गएर मिर्गाैला प्रत्याराेपण गर्नु बाध्यता थियाे : प्रधानमन्त्री ओली

 फागुन २७, २०७७ बिहिबार १२:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताउनुभएको छ ।

मिर्गौला दिवसका अवसरमा काठमाण्डौमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताउनुभएको  हो । उहाँले अब स्वदेशमै प्रत्यारोपण र उपचारको सम्भव भएको भन्दै मिर्गाैलासम्बन्धी विशेषज्ञ सेवा दिन तयारी भइरहेको पनि बताउनुभयो ।

यस्तै उहाँले मिर्गौलालाई स्वस्थ राख्न खानपान र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

अहिले नेपालमा बालबालिकालाई मिर्गौलाको समस्या बालबालिकालाई पनि देखिने गरेको छ । वर्षमा एक पटक मात्रै स्वास्थ्य जाँच गराए पनि मिर्गौलाको गम्भीर समस्याबाट जोगिन सकिने डाक्टरले बताउँदै आएका छन् ।

नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरको सुझाव छ । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया