सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित हुनुपर्छ : प्रधानमन्त्...
पुस २, २०८१ मंगलबार
ललितपुर – ललितपुर महानगरपालिकाले आज १०६औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष पुस २ गते महानगरले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महानगरले विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
दिवसको अवसर पारेर महानगरले एक वर्षभित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको थियो । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुङ्गेधारालगायत सांस्कृतिक र पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवम् संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो । महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरूसमेत चित्रमा समावेश छन् ।
ललितपुर महानगरले अनधिकृत संरचना हटाएको, बाढी पहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढङ्गले हिँडडुल गर्नका लागि सडकमा हुने गाडी पार्किङ हटाइएको लगायत कामहरूलाई समेटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।