दाङमा ऐतिहासिक ‘भोटे मेला’ सुरु

 फागुन २७, २०७७ बिहिबार १५:२४:५१ | रासस
unn.prixa.net

दाङ - दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।

जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।

पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएकाे वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो ।

उहाँकाअनुसार मेला आउँदाे चैत २ गतेसम्म सञ्चालन हुनेछ । याे मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ । मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेकाे पर्सेनीमा याे मेला लाग्ने गरेको छ ।

वडाध्यक्ष टोपबहादुर केसीकाअनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उहाँले नजिकै  शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य ठाउँमा सार्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

सार्वजनिक जग्गामा संरचनासमेत बनेकाले अन्य ठाउँमा मेलाका लागि ठाउँ खोजी भइरहेको उहाँले बताउनुभयो । मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो । छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् ।

मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया