मेयर कप : उपाधि जित्नेमा दुवै कप्तान विश्वस्त

 फागुन २८, २०७७ शुक्रबार १९:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिवार एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् ।

त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको प्रिम्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि जित्नु नै लक्ष्य रहेको बताएका छन् । बलियो प्रतिद्वन्द्वी एपीएफ भएको भन्दै पुलिसका कप्तान मञ्जित श्रेष्ठले स्वाभाविक खेल खेलेर उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए ।

यस्तै चार खेलमा तीन जितसहित दोस्रो स्थानमा रहेर पुलिससँग उपाधिका लागि स्थान बनाएको एपीएफ पनि उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने कप्तान शरद भेषवाकरले बताए । आफ्नो टोलीमा सबै क्रमका ब्याट्सम्यान र बलर लयमा भएकाले आफ्नो टोली उपाधिको हकदार भएको उनले बताए ।

बुधवार नै फाइनलमा पुगेको पुलिस भने एपीएफविरुद्ध समूह चरणमा बेहाेरेकाे हारको बदला लिँदै उपाधि उचाल्ने लक्ष्यमा रहनेछ । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार रुपैयाँ पाउने छन् । फाइनल खेल शनिवार कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया