खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कास्की - मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो चैत्र २१ गतेदेखि हुने भएको छ ।
'खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं' भन्ने उद्देश्यसाथ सहारा क्लब पोखराद्वारा आयोजित १९ औं संस्करणको २८ गते सम्म सञ्चालन हुनेछ । खेलमा ८ वटा टिम सहभागी हुनेछन् ।
पोखरा रङ्गशालामा हुने प्रतियोगितामा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, सङ्कटा, मच्छिन्द्र, अफ्रिकन रुट एसोसिएशन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम र दोश्रो हुनेले क्रमशः १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको छ । क्याराभान गोल्ड कपसहित २० औं वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।
१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र उप-विजेता नेपाल पुलिस क्लब रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।