महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

 चैत १, २०७७ आइतबार ८:४१:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेकाे छ ।

९५१ रुपैयाँ, ७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ र १५१ रुपैयाँ गरी छ वर्गमा विभाजन गरिएका दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिवार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । बाँकी साधुसन्तलाई आज पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाइ गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ ।

दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन कृष्ण एकादशीका दिन शीतलनिवासमा सङ्कल्प गर्नुभएको सामग्रीसमेत वितरण गरिएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया