सहिद स्मारक 'सी' डिभिजन लिग आजदेखि

 चैत १, २०७७ आइतबार ९:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् । 

दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् । 

यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । 

प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया