मिताली राज एकदिवसीयमा ७ हजार रन बनाउने पहिलाे महिला क्रिकेटर

 चैत १, २०७७ आइतबार १४:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मितालीकाे ट्विटरबाट

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन पूरा गर्ने विश्वको पहिलो महिला क्रिकेटर बनेकी छिन् ।

आइतवार लखनउमा दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ३८ वर्षीया मिताली राजले यो कीर्तिमान बनाएकी हुन् । 

आफ्नो करियरमा दुई सय १३ औँ एकदिवसीय क्रिकेटमा मिताली राजले यो उपलब्धि हासिल गरेकी हुन् । 

यसअघि दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन पूरा गरेकी थिइन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको दोस्रो महिला क्रिकेटर हुन् ।  

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया