लहानको मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते

 चैत १, २०७७ आइतबार १४:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतवार दिउँसो पौने एक बजेतिर भएको विस्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । आफू घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्राे तहका नेता रामविलास यादवले आइतवार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको तर अनुसन्धानपछि थप कुरा थाहा हुने एसपी राजभण्डारीले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया